शान्तिश्रीको ‘पासपोर्ट हातैमा’



काठमाडौँ । नयाँ लोकदोहोरी गीत ‘पासपोर्ट हातैमा’ सार्वजनिक भएको छ । गायक युवराज चौलागाई र गायिका शान्तिश्री परियारको स्वरमा ‘पासपोर्ट हातैमा’ आएको हो । गायक चौलागाईकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन जुजु गुरुङले गरेका छन् ।

उदीराम खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा लोकदाहोरी क्षेत्रको चर्चित कार्यक्रम ‘इन्दे्रणी’का कलाकारको अभिनय रहेको छ। कृष्ण कँडेल, प्रतिमा कँडेल, युवराज चौलागाई, अञ्जली अधिकारी, दीपक घिमिरे, रश्ना अधिकारी, आयुषा गौताम, रविना बसेल, सुरेन्द्र भुजेललगायत कलाकार फिचर्ड छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण परिवारबाट टाढिएर खाडी मुलुक जान बाध्य भएका नेपालीको व्यथालाई गीतमा देखाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा