यस्तो छ ‘तिम्रो मेरो साथ’को टिजर



काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सिनेमा तिम्रो मेरो साथको टिजर रिलिज भएको छ ।

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

रमेश एमके पौडेल निर्देशित सिनेमामा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु सिनेमा हो ।

‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ । सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् ।

आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका रूपमा रहेका छन् । सिनेमाको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो