अमेरिकी द भ्वाइसको शीर्ष १३ मा परिजिता प्रवेश



काठमाडौँ । परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन् । गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा पुगेकी हुन् ।

मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीय परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्नेछिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।

गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।

गत सोमबार परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी थिइन् । उनले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” गीत प्रस्तुत गरेकी थिइन् । प्रस्तुति पश्चात चारै प्रशिक्षकले स्ट्यान्डिङ ओभेशन दिएका थिए । परिजिताको प्रस्तुतिलाई प्रशिक्षकहरूले मुक्त कण्ठ प्रशंसा गरेका थिए ।

परिजिताका प्रशिक्षक जोन लिजेन्डको टोलीमा रहेकी छिन् । जोनले परिजिताको गीत प्रस्तुतिले सबैको हृदयमा तान्यो भनि प्रशंसा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा