नेपथ्यले ल्यायो ‘भट्भटे’



काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भट्भटे’ सार्वजनिक गरेको छ । तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको रुपमा ‘भट्भटे’ ल्याएको हो ।

छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो। तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्यो । दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो ।

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ। यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ। यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन् ।

सात मिनेट लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन्। क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन्। यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ।

म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो । यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा