‘बद्री बहादुर’को विदेश राइट्स बिक्री



काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा ’बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् ।

पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् । अब विदेशमा सिनेमा प्रदर्शनको हक पूजाको हातमा हुनेछ । नेपाल बाहेकका अन्य देशमा सिनेमा प्रदर्शन गर्न चाहनेले पूजासंग सम्पर्क गर्नुपर्ने हुन्छ ।

संचारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको सिनेमाको नेपाल प्रदर्शन मिति केहि दिनमा तय हुनेछ । केहि दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण पक्ष प्रचारमा उत्रिनेछ ।

रामकाजी घिमिरेको लेखन रहेको सिनेमामा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । एलिनाले यहि सिनेमाबाट रजतपटमा डेब्यु गर्दै छिन् ।

विनोद सापकोटाको छायांकन रहेको सिनेमामा टंक बुढाथोकी/उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको सिनेमाको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल रहेका छन् ।

एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । सिनेमाको निर्मातामा मिथुन भोटे रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न