विवाहले करिअरमा असर नगरेका अभिनेत्री



काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे ।

विवाह गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् ।

सदाबहार अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गरेकी हुन् । कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो ।

बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ । उनले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो । उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ ।

२०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित हुन् । यो फिल्ममा
उनका पति सुनिलकुमार थापाले निर्माण गरेका थिए । उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन् ।

“मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यहीँ फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ । यहीँ नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्,“मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाहिँ लाग्थ्यो ।”

रेखा थापाले विवाह पश्चात अभिनय प्राप्त गरेको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा सक्रिय नै छन् ।

“विवाह पश्चात झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमानको साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”,अभिनेत्री शर्माले भनिन्,“अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।”

उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा