गायक आशिष सचिन ओएसआर डिजिटलमा एकबर्ष अनुबन्धित



काठमाडौँ । दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना , लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो ।

सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ । १ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ ।

पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन् । गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले चर्चा बटुल्न सफल भएको छ ।

गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ ।

जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ । गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा