रेखा जोशीको ‘शिरफुल’ मा लक्ष्मी र जीवन



काठमाडौँ । गायिका रेखा जोशीको ‘शिरफुल’ गीत सार्वजनिक भएको छ। राजेन्द्र भट्ट (मिस्टर आरजे)को शब्द र संगीत रहेको गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनय पनि उनीहरूकै रहेको छ। भिडियोमा लक्ष्मी र जीवनसँगै अश्विनी बर्देवाको अभिनय छ। बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ।

‘शिरफुल(सुनको बाला-२’को शीर्षक दिइएको गीत यो गीत सन् २०२१ मा पनि यही नामले सार्वजनिक भएको थियो।

त्यसमा शब्द र संगीतसँगै स्वर पनि राजेन्द्र भट्टकै रहेको थियो। म्युजिक भिडियोमा रोशनी कार्की र राजेन्द्र भट्टनै फिचर्ड थिए। भट्टले यो सिरिजको पहिलो गीत ‘सुनको बाला’ का नामले निकालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार