एउटै मितिमा भिड्दै फिल्म



काठमाडौं । यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ ।

यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ः द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा सफल भइसकेका छन् । यिनीहरूले नेपालकै हलबाट आफ्नो लगानी सुरक्षित गरेका हुन् ।

प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले प्रदर्शनको चौथो दिनमै चार करोड ग्रस कलेक्सन गरिसकेको प्रतिक्रिया मिडियामा दिएका थिएँ । “अघिल्ला फिल्मको व्यापारले आउने समय सुखद रहेको सङ्केत गर्छ । किनकी दर्शकलाई फिल्म राम्रो लाग्दासम्म हल आउने गरेका छन् । प्रदर्शनरत महापुरूष हेर्नेले राम्रो भनेका छन् । फागुनदेखि चैतसम्म अझै पाँच फिल्म सफल हुने अनुमान छ”, वितरक करण श्रेष्ठले भने ।

दर्शकको भीडभाड बढेसँगै सकारात्मक प्रतिक्रिया आउँदा यसले दीर्घकालीन रुपमा व्यापार मद्दत गर्ने उनको बुझाइ छ । कोरोना भाइरसको महामारी अगाडि २०७६ सालमा फागुनसम्ममा छ फिल्म मात्र घरेलु व्यापारबाट लगानी सुरक्षित गरेर मुनाफा कमाउन सफल भएका थिए ।

यद्यपि यस वर्ष एउटै मितिमा आश गरिएका फिल्म घोषणा भइरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मङ्सिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन् । माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन् ।

फागुन ५ मा फूलबारी, लण्ड टू पेरिस र परदेशी दुई ले प्रदर्शन घोषणा गरिसकेका छन् । यी तीनै आश गरिएका फिल्म हुन् । फागुन १९ मा छक्का पञ्जा ४, छड्के २, बुलाकी, परस्त्री र बर एण्ड बधूले प्रदर्शन घोषणा गरेका छन् । यस्तै आउँदो वर्षको वैशाख १ मा भगवत् गीता र जारीले प्रदर्शन घोषणा गरेका छन् । बिदालाई लक्षित गर्दा एकै डेटमा फिल्म धेरै प्रदर्शन भइरहेको निर्देशक घनश्याम लामिछानेले बताए ।

“यहाँ ब्यानरले आफ्नो मर्जीमा प्रदर्शन घोषणा गर्नुहुन्छ । त्यसको असर नयाँलाई पर्छ । यद्दपि फिल्म मिलाएर नचले घाटा सबैलाई हुन्छ”, निर्देशक लामिछानेले भने, “यहाँ ठूलो प्रतिस्पर्धा त आफ्नैसँग हुन्छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।”

नेपाली दुईवटासम्म फिल्म हलले धान्ने नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदयले बताए । “ठूला ब्यानरको फिल्म एकै समयमा आउँदा दुवैलाई घाटा हुन्छ ।

त्यस्ता फिल्म एक महिनाको अन्तरालमा आउँदा राम्रो”, पूर्वअध्यक्ष उदयले भने । विशेषत फागुन १९ मा छक्का पञ्जा ४ र छड्के २ ले प्रदर्शन घोषणा गर्दा दर्शकसँगै फिल्मकर्मीसमेत चकित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै