‘तिम्रो मेरो साथ’मा रोमान्टिक साम्राज्ञी र पुष्प



काठमाडौं । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु सिनेमा ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए ।

आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

सिनेमा आगामी पुस २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा पुष्प र साम्राज्ञीका अलवा सन्दीप क्षेत्री, खड्कबहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन ।

तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न