लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने



काठमाडौं । आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गरी तिहार बिशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइयो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड ब्याण्डले पनि आफ्नो प्रस्तुती दिने छ ।

पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए । सलोन र आमेषले तिहार हंगामामा आफुहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे ।

आफूहरु अहिले गायनको अभ्यास गरिरहेको भन्दै पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक संजीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न