‘कप्टी’ को ‘झ्याईँ पारौं सोल्टिनी’ (भिडियो)



काठमाडौं । भूपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ ।

भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो ।

उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन् । आगामी फाल्गुन ५ गते २०७९ महाशिवरात्रिको अवसर पारेर फिल्म ‘कप्टी’ रिलिज हुने छ ।

फिल्मको पहिलो स्पेसल शो बेलायतमा भई सकेको छ । भूपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने फिल्म ’कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

मदन घिमिरेको छायांकन रहेको फिल्ममा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन छ । मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ मिलेर कप्टी निर्माण गरेका हुन् भने सह निर्मातामा नातीकाजी गुरुङ छन् । फिल्म मौलिक नेपाली कथा बस्तुमा आधारित रहेको छ ।

सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार