‘ठमेल बजार’ को झल्को दिने ‘तिम्रो पिरेम’



काठमाडौं । आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ ।

काठमाडौंको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेताद्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् ।

गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको युगल स्वर रहेको छ भने संगीत तथा शब्द रचना गायक बस्नेत स्वयंको छ । पृष्ठभूमि गायनमा सुशान्त गौतम र रुप बहादुरले सघाएका छन् । भिडियोमा सौरभ लामाको छायाँकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् ।

गीतको अडियो र भिडियो फिल्म ‘लुट २’मा समावेश चर्चित गीत ‘ठमेल बजार’ शैलीमा तयार पारिएको भान हुन्छ । द्वन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म एक्सनसस्पेन्स–थ्रिलर जनरामा निर्माण भएको हो ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

यस फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा