‘चि मुसी चि’ को निर्माण सम्पन्न



काठमाडौं । हरर थ्रिलर कथामा नेपाली सिनेमा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै सिनेमा टाइटल घोषणा गरिएको हो । सिनेमा पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

यो सिनेमाले नेपालमा हरर थ्रिलर सिनेमामा एउटा ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माता चक्रावर्तीको छ । सिनेमाको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।

सिनेमा नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता चक्रावर्ती लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न