चलचित्र महापुरुषको ‘बेमौसमी’ सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी निर्माण पक्षले चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘बेमौसमी’ बोलको गीतमा राम अविरल विष्टको शब्दरचना रहेको छ ।

संगीत र स्वर एसडी योगी र रेस्मा पुनको रहेको छ । प्रेमिल गीतले युवायुवतीबीचको प्रेमभावलाई समेटेको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीलगायत फिचर्ड छन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीलगायत फिचर्ड छन् । चलचित्र कात्तिक ११ गते रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्तिश्रीको ‘पासपोर्ट हातैमा’

काठमाडौँ । नयाँ लोकदोहोरी गीत ‘पासपोर्ट हातैमा’ सार्वजनिक भएको छ । गायक युवराज

निर्माता संघ कार्यसमितिमा थपिए दीपकराज र रवीन्द्र

काठमाडौं । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता

प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको गीत ‘विरानो सहर’

काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु

सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको ‘राजारानी’

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको