गोपालकाजी कायस्थको नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त



काठमाडौं । नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ ।

गोपालकाजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्मको सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गतेबाट फिल्म छायाँकनमा जाने निर्माण टीम जानकारी गराएको छ फिल्मको सह–निर्माताका रुपमा प्रकाशदीप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रवीन भाम रहेका छन् ।

नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ ।

कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति फिल्मलाई सफलताको शुभकामना दिए । फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायाँकन रहने फिल्मको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम व्यवस्थापक सिताराम माकः रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी