रचना रिमालको ‘मायाका रंगहरु’



काठमाडौं । सनुप पौडेल र रचना रिमालको स्वर रहेको फिल्म ‘बाबरी’ नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्म आगामी असोज १४ गतेबाट देशभर रिलिज हुनेछ । फिल्ममा धीरज मगर, धीरज नाड्कर, अदिती बुढाथोकी बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् ।

फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ । फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । फिल्मलाई । नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार