पवनदीप राजनको ‘घाम झैं बलेकी’



काठमाडौं । एसपी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैं  बलेकी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो कर्म एसपी सापकोटा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा एरेन्जर उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि.ओ.पी. सुदीप बरालले निर्देशन गरेका हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा विश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यसअघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

गीतको भिडियोलाई पोखरा र पोखराको आसपासका मनोरम दृष्य समेट्दै छायाँकन गरिएको छ । भिडियोलाई स्तरीय बनाउन कुनै पनि कसर बाँकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रवीण भट्ट गरेका छन् कोरियोग्रफर मौसम हिमाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान

‘खुस्मा’को गीतमा उपासना र धीरजको रोमान्स

काठमाडौँ । फिल्म ‘खुस्मा’को ‘खुसीका फूल बटुलेर’ बोलको पहिलो गीत सार्वजनिक भएको छ।

ताराखोलामा ‘असारे’को रमझम

गण्डकी  । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो

सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित