‘उडी जाने जहाज’ लिएर आए विष्णु खत्री



गण्डकी । लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो ।

परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिएका छन् । रचना र सङ्गीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन पनि उनी आफैंले गरेका हुन् । प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताए । प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ ।

मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । युट्युबमा सार्वजनिक भएको केही घण्टामै गीतले पाँच हजार बढी ‘भ्युज’ बटुलिसकेको छ ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ–तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत सार्वजनिक भैसकेका छन् ।

दुई दशकदेखि सङ्गीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त सर्जक–गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार