चलचित्र निर्माता सङ्घमा नवल खड्का निर्विरोध



काठमाडौं । चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो । सङ्घको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तक्र्रिया गरिने खड्काले बताए ।

नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पङ्क्तिमा परेको छ, नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने उहाँको मुख्य प्राथमिकता रहेको छ । दर्शकहरुले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसकेकाले नेपाली चलचित्रमा दर्शकको सङ्ख्या कम भएको उनको भनाइ थियो ।

सङ्घको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पुर्याएको उनले बताए । निर्माता र प्रदर्शकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्नुपर्ने उनले बताए । सङ्घको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा