‘हराएँ हराएँ’



काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । बेलायत र मुस्ताङमा छायाँकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् ।

ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य र पूजा/आकाशको केमेस्ट्री म्याच गर्छ । स्कटल्याण्डका केही चुचुरोहरुलाई छायाँकार सौरभ लामाले ‘लार्ज फ्रेम’मा सुन्दर ढंगले कैद गरेका छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । ‘जरुरी कुरा छ हिट भएपछि अर्को रोमान्टिक गीत हराएँ हराएँ रिलिज गरेका छौँ ।’ निर्देशक सुदर्शन थापाले भने ‘गीत संगीत उत्कृष्ट छ ।

कथाको माग अनुसार कुनैपनि कुरामा सम्झौता नगरेको सिनेमा हो यो । क्वालिटीले यसलाई बलिउडका ए ग्रेड लभस्टोरी सिनेमा भन्दा उत्कृष्ट बनाएको छ । दर्शकले नयाँ फ्लेवर पाउनु हुनेछ ।’ निर्देशक थापाका अधिकांस सिनेमामा संगीत मजबुत हुने गर्दछ । ‘हराएँ हराएँ’ बोलको गीतले पनि दर्शक साथ पाउने अपेक्षा गर्न सकिन्छ । महेश दवाडीको लेखन रहेको सिनेमामा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमालाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘शिरबन्दी’ मा करण र विद्याको जोडी

काठमाडौं । गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिद्वारा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको

‘देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा