यस्तो छ ‘झिँगे दाउ’को ट्रेलर



काठमाडौं । भिमनिधि तिवारीको चर्चित कृति ‘झिँगे दाउ’मा आधारित रहेर तयार पारिएको चलचित्र ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक भएको छ । भदौको १७ गतेबाट रिलिज हुने यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रले विशेषगरि, महिलाको आगमन भएपछि एउटा परिवारमा कसरी भाडाभैलो सिर्जना हुन्छ भन्ने देखाएको छ ।

आफ्ना २ छोरासँग सुखले बसेकी एक आमा तिनै सन्तानको बिहेपछि कसरी टाढा हुन्छिन् भन्ने कथा यो चलचित्रमा छ । चलचित्रमा मुकुन भुषाल र कुशल बिष्ट हिउँवाला गौतमको छोराको भूमिकामा देखिएका छन् । जेठानी र देउरानीको भूमिकामा भने नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा देखिएका छन् ।

चलचित्रमा आँचल र केकीबीचको झगडा, कुटाकुट पनि दर्शकले हेर्न सक्नेछन् । यो चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । चलचित्रमा सुशिल दाहाल र इश्वर घिमिरे सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । यो चलचित्रले विशेषगरि, नायिका आँचल शर्माको परिचय फेर्न सक्ने देखिएको छ । केकीले यस्तो भूमिका यसअगाडि पनि गर्दै आएपनि आँचलले भने पहिलो पटक आफूलाई फरक ढंगले प्रस्तुत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ