प्रताप र दुर्गाको ‘यसपाली त जसरी म माइत जाने’



काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’ को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन् । संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

अहिलेका व्यस्त मोडेल/कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाइन्छ।

फराज अर्पनको छायाँकन,सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन् भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार