खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोट दाहोरी साँझलाई



पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ ।

यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएकी छन् । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।

कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेता समूहले छ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उपविजेता समूहले चार लाख, तृतीय हुन सफल दुई समूहले डेढ/डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार प्रदान गरिएको थियो ।

पाँच दिनसम्म पोखराको सभागृहमा चलेको प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौँ र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको थियोे ।

यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी रहेका थिए । लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । विसं २००३ साउन १२ गते पोखरामा जन्मिएका शेरचनको विसं २०६७ माघ २४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न