‘बद्री बहादुर’को अष्ट्रेलियामा प्रिमियर



काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । सिनेमाको नेपाल रिलिज अगाडि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । सिनेमालाई अष्ट्रेलिया शो बाट सुखद प्रतिक्रिया मिलेको छ । बद्री बहादुरलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् ।

सिनेमा रिलिजको लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सिनेमाको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने सिनेमा चाँडै रिलिज हुनेछ । संचारकमर्मी रवी अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।

सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । सिनेमामा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकी छिन् ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायाँकन तथा समिर मियाँ सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न