भुवन केसीले गरे बोर्ड अध्यक्षको पदभार ग्रहण
काठमाडौँ । नेपाली चलचित्रका नायक अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको चाबहिलस्थित कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै आफूले चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको बताएका छन् ।मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उनी दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेका थिए ।