लोकाह फिल्म इन्टरनेशनललाई ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार



काठमाडौं । भदौ तीन गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । जर्मनीस्थित लोकाह फिल्म इन्टरनेशनलले फिल्मको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो ।

आइतबार निर्माण टिमले विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगन्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ । फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभई नेपाली फिल्मको प्रदर्शनका लागि ढोका खोल्नु रहेको बताए ।

यसले भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई पनि बाटो खुल्ने उनको विश्वास छ । भारतमा पनि फिल्म प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले बताए । राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ ।

सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न