प्रेमिकाको खुसी कहिले नहराओस् भन्न विक्षिप्त बनेका निराजन



काठमाडौं । गायक पुष्पन प्रधानले सार्वजनिक गर्ने मायाले भरिएका गीतहरुलाई दर्शकले निक्कै रुचाएका छन् । यसैले, पनि यी गायकका गीतहरु दर्शकका लागि प्रतिक्षामा रहन्छ ।

उनै पुष्पनको स्वरमा समावेश ‘मैले जानिन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुसी कहिले नहराओस् भन्ने प्रेमीको चाहनामा रहेर यो गीत लेखिएको छ ।

सार्वजनिक गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ, भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ रहेको छ । यो गीतमा संजित सानाको शब्द तथा संगीत छ ।

गीतको शब्द र संगीत दुबै कर्णप्रिय छ । भिडियोमा नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र कलाकार हिउँवाला गौतमको अभिनय छ ।

ब्लड क्यान्सरले थलिएकी एक युवतीले आफ्नो प्रेमीको खुसीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन् । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार