सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर सार्वजनिक



काठमाडौं । साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ ।

विरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा फिल्म आधारित रहेको ट्रेलरबाट सहजै बुझ्न सकिन्छ । लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्ममा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ ।

ट्रेलरमा सबै कलाकारलाई स्थान दिइएको छ । पुनम र संजोगले अभिनय गरेको यो पहिलो फिल्म हो । तेन्जिङ्ग पाल्देनको छायाँकन र बनिश शाहको सम्पादन रहेको फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको फिल्मको क्रियटिभ निर्माता प्रकाश पुरी हुन् ।

फिल्मको पटकथा तथा संवाद पनि उनकै हो । उनले रेगुलर फिल्मभन्दा ‘म’मा दर्शकहरुले केही नयाँ र फरकपन पाउने बताए । त्यस्तै, निर्देशक थापाले सस्पेन्स–क्राइम जनराको फिल्म निर्देशन गरेर आफूले एक हिसाबमा करिअर दाउमा राखेको पनि बताए ।

उनले भने– ‘मसँगका समकालीन निर्देशकहरुले हत्तपत्त यो जनराको फिल्म निर्देशन गर्नुहुन्न । त्यो रिक्स मैले उठाएको छु । यसअर्थ ‘म’ निर्देशन गरेर मैले आफ्नो करिअर दाउमा राखेको छु । तर, फिल्मलाई राम्रो बनाउन मैले कुनै प्रयास छाडेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न