प्रेमराजा महत र अस्मिता परियारको ‘पीपल डाँडे साईंली’



काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार प्रेमराजा महतले लामो समयपछि लोकशैलीको नयाँ गीत सार्वजनिक गरेका छन् । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईंली’लाई अस्मिता परियारसँग मिलेर प्रेमराजाले गाएका छन् ।

यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताए ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय रहेको छ । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायाँकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्रि इन्टरटेन्मेन्टले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । कार्यक्रममा कलाकार दीपाश्री निरौलाले प्रेमराज महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महतले पनि अब आफू गीतसंगीतमा सक्रिय रुपमा लाग्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार