समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक



काठमाडौं । सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ’मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् । कला– क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो । पेशाले सफ्टवेयर इन्जिनियर रहेपनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् ।

फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ । फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् ।

उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् । अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार