कल्याण, श्रुति र निराजन अभिनित ‘अफसोस छैन मलाई’



काठमाडौं । गायक रमन रेग्मीको सुमधुर स्वरमा सजिएको ‘अफसोस छैन मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा दिनेश सुनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियो शुक्रबार सावर्जनिक भएको छ । भिडियोमा आफ्नो प्रेमिकाले धोका दिएर अरु केटासँग लागेको देखेपछि युवक पीडा सहन नसकेर आत्महत्या गर्न बाध्य भएका छन् ।

तर प्रेमिका भने अर्कै केटासँग खुसी छिन् । यस भिडियोमा देखाए जस्तै वास्तविक जीवनमा पनि कसैसँग मेल खान सक्छ र यस्तो घटना नघटोस् तथा कसैको पनि भावनासंग खेल्नु हुन्न भन्ने संदेश भिडियोमार्फत दिन खोजिएको छ । भिडियोमा कल्याण अधिकारी, निराजन बस्नेत र श्रुति श्रेष्ठको अभिनय रहेको छ भने ललित थापाको निर्देशन रहेको भिडियोमा पदम भाइको सह–निर्देशन रहेको छ भने महेश महराले छायाँकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार