रचना र कृष्णको ‘मलाई माया’



काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ । गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार, सङ्गीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । बुद्ध थापा छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । माया प्रेमसँग सम्बन्धित म्युजिक भिडियो ‘कलापुञ्ज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार