तीज गीत ‘मै मोटी भएनी नाच्छु घुमेर’



काठमाडौं । गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ । तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत मङ्गलबार सार्वजनिक भएको हो ।

गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्कन रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार