प्रपञ्चको गीत रिलिज



काठमाडौं । बिएस बलामी निर्देशित सिनेमा प्रपञ्चको गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत मुटुमा सास भर्ने आधार रिलिज गरिएको हो । सर्काजनिक गीतमा सिनेमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सिनेमाको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको हो । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । सिनेमाको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ ।आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने प्रपञ्चलाई बद्री साह, अनिल गुीता र रवि राज आचार्यले निर्माण गरेकका हुन् । सिनेमाको कार्यकारी निर्मातामा शिवानी बलामी छिन् । सिनेमामा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिमखडा, सिजन तिवारी लगायतका कलाककारको पनि अभिनय रहेको छ ।

सिनेमामा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालककोे सम्पादन रहेको छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक र सन्तोष पराजुली प्रोडक्सन म्यानेजर रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार