‘आगो बिना बिँडी जल्दैन’



काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको सिनेमा ‘झिँगेदाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका चार मुख्य कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट नृत्य गरेका छन् । गीतको अडियो उत्कृष्ट बनेको छ । तर, अडियोअनुसार लोकेशन र कोरियोग्राफीमा भिडियो औषत देखिन्छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायाँकन रहेकको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।

निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले जेठानी–देवरानीको भूमिकामा अभिनय गरेका छन् । उनीहरुले पहिलो पटक एकसाथ सिनेमामा काम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका

बलिउड गायक नकाश अजिजको स्वरमा ‘सिनेमा हेर्न जाउँ’

काठमाडौं । फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा ‘सिनेमा हेर्न

तीजमा तरङ्ग ल्याउने विष्णु माझी किन गुमनाम छिन् ?

-शिव लम्साल नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो

सासु बुहारीको कथामा आधारित सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा

काठमाडौं । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ अब टेलिभिजनमा