कृष्ण केसीको ‘हानिकारक माया’



काठमाडौं । गीतकार कृष्ण केसीले लेखेको ‘डाँडाघरे साइली’ बोलको गीतले त तहल्का नै मच्चायो । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक यो गीतसँगै ‘लुम्ले काँडामा, जाले रुमाल, पाउडर किरिममा, भिटामिन यू’ लगायतका आधा दर्जन बढी गीतले दर्शकको माया पाएका छन् । कृष्णले निरन्तर गीत सार्वजनिक पनि गरिरहेका छन् ।

उनै, कृष्णले आफ्नै शब्द तथा संगीतमा ‘हानिकारक माया’ सार्वजनिक गरेका छन् । यो गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ । यो गीत टिकटकमा चर्चामा छ । सार्वजनिक भएको केही दिनमै ५ लाख भन्दा बढी भ्यूज पाएको गीत र भिडियो उत्कृष्ट भएका कारण दर्शकले माया पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार