रचना रिमालको ‘हे माया’
काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको ‘हे माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
अनिल जोशी र रचना रिमालको स्वर, विष्णु भट्टको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो । सेभेन ११ म्यूजिक फ्याक्ट्रिको प्रस्तुतिमा भिडियो तयार भएको हो । गीतले यूवतीहरुलाई यूवाहरुले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् ।