‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’



काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिबार विमोचन गरिएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन् । कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल छिन् ।

६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ । राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकमी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गरिन् ।

उपमेयर डंगोलले आफूलाई मत दिएर स्थानिय निकायको निर्वाचनमा विजयी गराउने काठमाडौंवासीलाई धन्यवाद अर्पण गर्दै सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्ष भित्रै सुन्दर नगरको रुपमा विकसित गर्ने योजना रहेको सुनाइन् ।

समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान(२०७९’ प्रदान गरियो ।

त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउँदा सधैं गौरवको महसुस हुने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न