‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक



काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ मारेका छन् । माइकलको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘ए मेरो हजुर’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको यो गीतको भिडियोलाई तिलिचो तालमा खिचिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीतमा तयार भएको यो गीतको अडियो कर्णप्रिय छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । दीपक वलीको निर्देशनमा बनेको यो चलचित्र भदौको ३ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रले दिमागी रुपमा केही कमजोर रहेको एक यूवा र जिन्दगीमा केही गर्ने सपना बोकेकी एक यूवतीको प्रेमको कथा भन्नेछ । लक्ष्मण सुवेदीको लेखनमा तयार भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, प्रकाश राज कार्की र केवल तामाङको लगानी छ । चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार