इन्दिरा जोशीको ‘मायाको रेडियो’



काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको फिल्मको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको हो ।

गीतमा कविराज गहतराजले कोरियोग्राफी, उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बिनोद,अम्बिका, सुजैरा,अस्मिताका साथमा बुद्धि तामाङ,शारदा गिरी,बिशाल पहाडी,रबि गिरी,सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् ।

प्रवीण राई,रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार