मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पाँच महिनाको तलब दिने घोषणा गरेका हुन् । चलचित्रको आजै बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।

चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् । ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको

‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न