भारतीय सिनेमा मेजर नेपाली सिनेमा हलमा



काठमाडौं । दक्षिण भारतीय सिनेमा मेजर नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सिनेमाको नेपाल रिलिजको जिम्मा मिनरस इन्टरटेनमेन्टले लिएको छ । कम्पनीका सञ्चालक सुमन काफ्लेले यही सिनेमाबाट नेपालमा बलिउड सिनेमाको वितरणको सुरुवात गरेका छन् । अगामी दिनमा राम्रा बलिउड र हलिउड सिनेमाको नेपाल रिलिजको तयारी गरिरहेको उनले बताए ।

दक्षिण भारतीय सिनेमा मेजरमा शेष अदिवीको मुख्य भूमिका रहेको छ । सिनेमालाई बलिउड समीक्षले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । नेपालमा यो सिनेमा क्युएफएक्स बाहेकका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनमा रिलिज भएको वितरक सुमन काफ्लेले बताए । शशि किरण टिक्काले निर्देशन गरेको सिनेमा भारतमा तेलुगु मल्यालम र हिन्दी गरी तीन भाषामा रिलिज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार