‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुने



काठमाडौं । वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी असोज ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको सिनेमा अब घोषित मितिमै रिलिज हुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । सिनेमा नेपाली रहिन्दी गरी दुई भाषामा रिलिज हुनेछ । कोरोना महामारीका कारण रिलिज स्थगित भएपछि सन्तोष मुम्वई पुगरे सिनेमालाई हिन्दीमा समेत डब गराएर रिलिज तयारी गरेका हुन् ।

निर्माता सेनका अनुसार सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी भैरहेको छ । सिनेमामा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्मृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यही सिनेमाबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् ।

काठमाडौं र मनाङमा छायांकन गरिएको सिनेलालाई राजेश श्रेष्ठले खिचेका हुन् । आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा