‘तिम्रो साथ’ खोज्दै आए उदय सोताङ



काठमाडौं । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आएका गीतकार रमेश लुइँटेलले गरेका छन् । यस गीतलाई अमेरिकामा नै रहेका सङ्गीतकार आधार तुम्बापोले सङ्गीतबद्ध गरेका हुन् ।

गीतमा कर्म ग्याल्छेन बम्जनको सङ्गीत संयोजन रहेको छ । साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद् परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । ‘तिम्रो साथ छुट्ला भनी डराएर रोएँ’, ‘मनको पीडा मनमै दबाई कराएर रोएँ’, ‘यो मनबाट तिमीलाई अन्तै सराएरै रोएँ’ ‘बाध्यतालाई आफैँसँग हराएर रोएँ’ लगायत बोलका गीत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा सुजिता शिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाङ्कन गरेको यस भिडियोलाई शीलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा