ब्लकबस्टर नेपाली फिल्म अवार्डबाट डेढ दर्जन चलचित्रकर्मीको सम्मान



काठमाडौं । विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा चलचित्र विकास वोर्ड सभाहलमा आयोजना भएको बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल, बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दना सम्मानित भएका छन् ।

त्यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पुर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल बिधाबाट सम्मान गरिएको छ । अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट पत्रकार रामहरि सिलवाल, निरन्तरता युवा पत्रकारिता पुरस्कारमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र क्रियाशील पत्रकारितामा श्याम स्मृत सम्मानित भएका छन् ।

कोभिड १९ कोरोनाको महामारीका बीचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेढ दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएको थियो । जसमा वर्षको उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्तो गीत गाउँछुबाट नायक पल शाह, नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा, वितरक करण श्रेष्ठले अवार्ड प्राप्त गर्न सफल भए ।

वरिष्ठ चलचित्रकर्मी शिवको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्म रिलिज गरिएकोले सम्मान गरियो । मदन घिमिरे, आर पि पन्त, नरेश पौडेल, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, ज्ञानेन्द्र देउजा, उत्तम के.सी, सुभाष गजुरेललगायतको बाक्लो उपस्थित रहेको कार्यक्रममा मायाको चिनो र विश्व कलाकार महासंघको तर्फबाट आजीवन सदस्यको सम्मानपत्र वितरण गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा ९ जना जुरि बरिष्ट चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक विषयवस्तु उठानमा बनेको चलचित्र चुरिफुरीलाई अवार्ड प्रदान गरिएको थियो भने कठपुतली चलचित्रलाई प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।

नव प्रतिभा बिधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् भने महमारीमा नेपाली चलचित्र चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो बिधाबाट बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक

धरानमा सङ्गीत जात्रा महोत्सव सुरु

धरान। ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ

फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अघिनै सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म

समीक्षाले दिइन् आफ्नो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी