नेपाली सिनेमा ‘ग्रहण’ निर्माण हुने



काठमाडौं । राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली सिनेमा ‘ग्रहण’ निर्माण हुने भएको छ । सिनेमाको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच निर्माण घोषणा गरिएको हो । घोषणा समारोहमा सिनेमाको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ ।

सिनेमामा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । थ्रीलर ड्रामा जनरा रहने सिनेमा रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुनेछ । सिनेमाको भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन गरिनेछ । सिनेमाको घोषणा कार्यक्रममा सिक्किम सिनेमा प्रोमोसन बोर्डकी अध्यक्ष पूजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, सिनेमामा अभिनय गर्ने कलाकार, निर्देशक राजीव गुरुङ, प्रोडक्सन कोअ‘ार्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । सिनेमामा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको पटकथा तथा संवाद र निर्देशक गुरुङ कथाको रहेको छ । निर्देशक गुरुङले अन्य कलाकार तथा प्राविधिकलाई छिट्टै छनौट गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा