क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई



दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ ।

व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो । कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

उक्त पुरस्कारको राशि नगद २५ हजार छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलीया र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि सात हजार छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शङ्कर परियार र २०७८ लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ । पुरस्कृत स्रष्टाहरुलाई प्राज्ञ सरुभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेशरी विमोचन गरिएको थियो ।

समालोचक महाप्रसाद हडखले (महेश)ले यस महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक

धरानमा सङ्गीत जात्रा महोत्सव सुरु

धरान। ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ

फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अघिनै सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको