२५ बर्षपछि भिडियोमा धिरज राईको ‘लुकी लुकी’



काठमाडौं । गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ बर्षअघि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ । तर, ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडियो मेकिङ गर्दै नयाँ स्वरुप दिएको छ ।

धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ । कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा बोल्दै धिरजले भने–‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो । युट्युबमा गएर गीत खोज्दा २५ बर्ष अगाडिको पुरानो भिडियो मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।’

धिरजले आफूलाई अन्य थुप्रै कम्पनीले भिडियोेको लागि प्रस्ताव गरेपनि तयार नभएको सुनाए । भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउने खुशीको कुरा भएको बताइन् ।

निर्देशक माइकल चन्दले पनि यो गीतको भिडियो निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुबै भएको सुनाए । कार्यक्रममा शुभकामना दिदै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरुले उत्कृष्ट काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार