‘हेल्लो जिन्दगी’को प्रचारप्रसार तीव्र



काठमाडौं । चैत १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो जिन्दगी’ ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार तीव्र पारेको छ । यस्तैमा चलचित्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता बिक्रम डि जोशी र दीपिका प्रसाईं फिचर गरिएको छ ।

निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् । कार्यक्रममा निर्देशक बोहराले चलचित्रका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए ।

‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन ।’ निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्यबसायिक धर्म निर्वाह नगरेपनि आफूहरु बिचलित नभएको,बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए । सोही कार्यक्रममा चलचित्रकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावित भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने विश्वास ब्यक्त गरिन् ।

अभिनेता बिक्रमले आफूहरुले गुणस्तरीय चलचित्र निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले चलचित्र दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा चलचित्रमा समावेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो ।

बेलायत र काठमाडौमा खिचिएको चलचित्रमा बिक्रम र दीपिकाको अलवा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावित चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ हुन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको चलचित्र तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म

लण्डनमा गुन्जियो कन्दरा

बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट

‘पूर्णबहादुरको सारंगी’ का निर्देशक पौडेलद्वारा नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्देशनको घोषणा

तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’

  काठमाडौँ । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको